२१ असार २०८३, आइतबार

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीतलनिवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीतलनिवासमा

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ भेटवार्ता भएको छ ।  राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको हो ।
 
“सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
प्रधानमन्त्रीमा नियुक्त भएर शपथपछि देउवा र राष्ट्रपतिबीचको यो पहिलो भेटवार्ता हो ।

कमेन्ट गर्नुहोस्