रोल्पामा टोल शिक्षामार्फत पठनपाठन शुरु

रोल्पाको एक सामुदायिक विद्यालयले टोल शिक्षामार्फत पठनपाठन शुरु गरेको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले असारको अन्तिम सातादेखि टोल शिक्षामार्फत पठनपाठन थालनी गरेको हो ।


Advertisement

विद्यार्थीमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटकपटक वैकल्पिक विधिवाट पठनपाठन गर्न गरेको आग्रह वमोजिम तल्ला कक्षामा टोल शिक्षा शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए ।


Advertisement

टोल शिक्षामा बढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा  राख्ने गरिएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर सावधानी अपनाउँदै टोल शिक्षा शुरु गरिएको न्यौपानेको भनाइ छ ।

कोरोनाको दोस्रो लहरसँगै बन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुँदा अभिभावकको माग बमोजिम टोलटोलमा पठनपाठन शुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए ।


Advertisement

कमेन्ट गर्नुहोस्