०९ असार २०८३, मंगलबार

बर्सेनि बढदो ‘कोरिया क्रेज’

कात्तिक २०, २०७४
बर्सेनि बढदो ‘कोरिया क्रेज’
काठमाडौँ, २७ जीत- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष दक्षिण कोरिया जान लिइने परीक्षामा ७५ हजार ५ सय ८० विद्यार्थी सहभागी हुँदैछन् । काठमाडौं र ललितपुरमा २६ वटा केन्द्रबाट शनिबार भाषा परीक्षा सुरु हुँदै छ, कान्तिपुरमा खबर छ ।korea

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार असार १६ मा आउने ईपीएस नतिजामा १० हजार २ सय जना परीक्षार्थीले कोरिया जान अनुमति पाउनेछन् । ५४ हजारले कृषि क्षेत्र र बाँकीले उत्पादन क्षेत्रका लागि परीक्षा दिँदैछन् । ईपीएस पद्धतिमा नेपालसहितका १६ वटा देशबाट कोरियाले कामदार लिँदै आएको छ ।

उपत्यकाका होस्टलहरूमा कोरिया जाने सपना लिएर देशभरबाट काठमाडौं आएका परीक्षार्थी देख्न सकिन्छ । झापा, दमकका कुमार खडका अचेल कोठाबाट बाहिरै निस्कँदैनन् । कोरियाली भाषा सिक्न काठमाडौं आएका उनको दिन कोटेश्वरस्थित एक होस्टलको चौघेरामै बित्ने गरेको छ । भेटेरिनरी डाक्टर कुमार कोरिया जाने सपनामा बाँधिएर काठमाडौं आएका हुन् । विगत १३ वर्षदेखि पशु स्वास्थ्यमा काम गरिरहेका उनले सुनाए, ‘पेसा त राम्रो छ तर नेपालमा पशुको डाक्टरलाई सम्मान गरिँदैन । आफ्नै पेसाप्रति वितृष्णा जागेकाले कोरिया जाने सुर चल्यो ।’

salt training

कमेन्ट गर्नुहोस्