काठमाडौँ- सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
यस्ता छन् वडाध्यक्षका कामहरू-वडासँग सम्बन्धित कामका लागि समन्वयकर्ताको रूपमा रही काम गर्ने
-वडा समितिका सदस्यहरूलाई कामको बाँडफाँड गरी
-परिचालन गर्ने
-कार्यपालिकाको सदस्यको कार्य गर्ने
-वडा समितिको योजना तथा बजेट तयार गर्ने
-आफ्नो वडाभित्र घरधुरीको क्षेत्रगत तथ्यांक संकलन गरी अभिलेख राख्ने
-सार्वजनिक सम्पत्तिको लागत राख्ने
-वडाभित्र रहेका बजार केन्द्रहरूको अनुगमन गर्ने
-प्रचलित कानुनको प्रक्रिया पुर्याई वडा समितिबाट गर्नुपर्ने विभिन्न प्रमाणित र सिफारिस गर्ने