०३ साउन २०८३, आइतबार

चुनावका कारण श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेदः दाजुभाइ पनि बोल्न छाडे

कात्तिक २०, २०७४
चुनावका कारण श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेदः दाजुभाइ पनि बोल्न छाडे

मंगलसेन, २७ जेठ– अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका ९सहोदर० दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन् । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ ।

‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनको बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए । ढकारी गाउँपालिकाका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी पँधेरो, मेलापात र घाँसदाउरामा पनि राजनीति पसेको छ । घट्ट, चिया पसल, धारा र सार्वजनिक चौतारोमा पनि उनीहरूसँगै बस्न मान्दैनन् ।

गाउँमा बाटो पनि कांग्रेस र एमालेका छुट्टाछुट्टै छन् । बजारबाट घर फर्किंदा एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरू मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरू सहभागी हुँदैनन् । ‘निर्वाचनकै कारण घरको चुलोमा पनि राजनीति पस्यो,’ मंगलसैन–३ का मोति कामीले भने, ‘बुढाबुढीकै बोलचाल छैन, गाउँले र दाजुभाइ त परको कुरा भयो ।’ नेताभन्दा कार्यकर्तामा झन् अनौठो खाले तुच्छ राजनीतिक प्रतिस्पर्धा भइरहेको उनले बताए ।

१४ असारमा हुने स्थानीय तहको निर्वाचन सरगरमी बढेयता झिनामसिना विषयले पनि गाउँलेबीच ठूलै विवाद निम्त्याएको देखिन्छ । बाख्रा बारीमा पस्दा र कुखुराले सुकाएको बिस्कुन खादा पनि फरक पार्टी परे ठूलै विवाद हुने गरेको चौरपाटी–७ का सामाजिक अगुवा खड्गबहादुर खड्काले बताए । ‘निहुँ पाउनुहुन्न ठूलै झगडा हुन्छ,’ उनले भने, ‘वैचारिक भिन्नताले समस्या पारे पनि ०४६ सालतिर जस्तो भने अहिले छैन ।’ घरघरमा फहराएका झन्डा, पोस्टर र पम्पलेटले गाउँ जति झिलीमिली देखिए पनि गाउँलेबीचको तिक्तताले नयाँ आगन्तुकलाई नरमाइलो लाग्ने गरेको उनले बताए ।

यति मात्र होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिले घरबारै तोड्नु परेको छ । श्रीमान् कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ की मनसरा बुढाले श्रीमान्सँगको सम्बन्धै तोडिन् । ‘श्रीमान्ले पटकपटक पार्टी प्रवेशका लागि दबाब दिए,’ उनले भनिन्,

‘विद्यार्थी हुँदैदेखि नेविसंघमा आबद्ध थिएँ । पार्टी छोड्नुभन्दा श्रीमान् छोड्ने निर्णय लिएँ ।’ दैलेख, डुंगेश्वरकी २१ वर्षीया मनसराले सात महिनाअघि अछामीसँग विवाह गरेकी थिइन् । चुनाव लागेयता मेलमिलापका लागि प्रशासन पुग्ने मुद्दामा पनि नेताहरूले बढी नै चासो राख्ने गरेका छन् । राजधानी दैनिकबाट

salt training

कमेन्ट गर्नुहोस्