२८ जेठ २०८३, बिहीबार

फुडमाण्डु र इसेवाबीच सम्झौता : पहिलो अर्डरमा ३०० रूपैयाँसम्मको छुट

फुडमाण्डु र इसेवाबीच सम्झौता : पहिलो अर्डरमा ३०० रूपैयाँसम्मको छुट

अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र मोबाइल वालेट इसेवाबीच सहकार्य भएको छ । 

आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरूबीचको यस समझदारीसँगै फूडमाण्डूका प्रयोगकर्ताहरूले मोबाइल वालेट इसेवामार्फत् अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । 

एक कार्यक्रमका बीच फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो । 

सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरूलाई थप सुविधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरूले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । 

फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरूको रुचि बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ म्यानेजर श्यामरत्न  मालीले बताए । 

‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘यसले अब ग्राहकहरूलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिने छ । इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरूले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्। ’ 

सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ । 

इसेवाका बिजनेस डेभलपमेन्ट हेड, आशीष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरूलाई घरबाटै भुक्तानी गर्न सहज हुने अपेक्षा गरेको बताए । 

‘कोरोना भाइरसको महामारीमा मानिसहरूले घरबाटै विभिन्न अर्डरहरूको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशी भएका छौं,’ उनले भने, ‘यसले डिजिटल अभियानलाई सहयोग पुग्नेछ ।’

साथै यस अवसर पारेर फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरूलाई पहिलो अर्डरमा २० प्रतिशत वा ३०० रूपैयाँ सम्मको छुट दिने घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्