२४ जेठ २०८३, आइतबार

भारतमा वर्षापछिको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १२४ पुग्यो

साउन १०, २०७८
भारतमा वर्षापछिको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १२४ पुग्यो

भारतमा भारी मनसुन वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या आइतवार १२४ पुगेको भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरू दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । 

भारतको पश्चिमी क्षेत्रमा बिहीवारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । 

महराष्ट्र राज्यमा बिहीवार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा ४० जनाको मृत्यु भएको छ । 

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।

चिप्लुनका केही भागहरूमा बिहीवार निरन्तर २४ घण्टाको वर्षापछि पानीको तह २० फिट (६ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वर्षापछिको डुबानका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो । उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर विद्युत् आपूर्ति काटिना साथ उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्