३१ असार २०८३, बुधबार

झलनाथ खनालको उपचारमा दिइएको निकासा रोक: विवेकशील साझा

झलनाथ खनालको उपचारमा दिइएको निकासा रोक: विवेकशील साझा

विवेकशील साझा पार्टीले एमाले नेता झलनाथ खनालको उपचारका लागि निकासा भएको रकम रोक्न सरकारसमक्ष माग गरेको छ । 

विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरीश भट्ट र बागमती प्रदेश सञ्चार विभाग प्रमुख रन्जन कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्री खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएको भन्दै त्यसलाई रोक्न निवेदन दर्ता गराएको हो। 

विवेकशील साझाले आज बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘नेता खनाललाई नेपालको पूर्व प्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिकस्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैरकानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौँ ।’

गैरकानुनी काम नरोकिए कानूनअनुसार अगाडि बढ्ने विवेकशील साझाले  चेतावनी पनि दिएको छ । खनालको हाल भारतमा उपचार भइरहेको छ । 

यस्तै प्रधानमन्त्री कार्यालयमा सूचनाको हकको प्रयोग गरी सूचनाहरू पनि माग गरिएको छ । 

विवेकशील साझाले मागेको सूचना यस्ता छन्ः

​१) पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको उपचारका निम्ति सरकारले कति रकम कुन मितिको मन्त्रिपरिषद्को निर्णयबाट निकासा गरिएको हो ?

२) “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन” भन्ने व्यवस्था जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा स्पष्ट छ। लागू भइसकेको कानूनविपरीत देखिएको यो रकम निकासा कुन कानूनमा टेकेर गरियो ?

३) २०७४ फागुन ३ गते देखि २०७८ असार २९ गतेसम्म (केपी ओली सरकार रहँदा) को अवधिमा चियापान, खाजा, नास्ता लगायत कुन-कुन शीर्षकमा बालुवाटारमा अवस्थित उनको सरकारी निवासले कति खर्च गर्‍यो ?

salt training

कमेन्ट गर्नुहोस्