०२ असार २०८३, मंगलबार

भारत : ट्याम्पुमा चट्टान खस्दा ९ जनाको मृत्यु

साउन १०, २०७८
भारत : ट्याम्पुमा चट्टान खस्दा ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा रहेको किन्नौरमा आइतवार ठूलो दुर्घटना भएको छ । 

त्यहाँको सांगला–छितकुल सडकमा पहिरो गएपछि गुडिरेहको ट्याम्पु ट्राभलरमा चट्टान खसेको छ । दुर्घटनामा परी नौजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

घटना दिउँसो साढे १ मा भएको हो । ट्याम्पुमा सवार ११ जनामध्ये नौजनाको मृत्यु भएको हो । 

चट्टानका कारण बटसेरी पुलबाट पैदल गइरहेका दुईजना पनि घाइते भएका छन् । पुल भत्किएको छ । 

त्यसबाहेक स्याउको बगैंचा र केही घरहरूमा पनि क्षति पुगेको छ । घटनामा पुगेको प्रहरीले उद्धार अभियान चलाइरहेको छ । 

उता भारतको महाराष्ट्रमा बाढीपहिरोका कारण ११२ जनाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्