२१ असार २०८३, आइतबार

एउटा परीक्षा हलमा २५ भन्दा बढी विद्यार्थी राख्न नपाइने

एउटा परीक्षा हलमा २५ भन्दा बढी विद्यार्थी राख्न नपाइने
फाइल तस्वीर।

एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने भएको छ । 

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा सूचनामा परीक्षा सञ्चालन हुने हल वा कोठाको आकारअनुसार एउटामा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न भनिएको छ । 

त्यस्तै परीक्षार्थीहरू हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपछि भौतिक दूरी कायम गर्नुपर्ने, एउटा सिफ्टको परीक्षा सकिएर पूर्णरूपमा परीक्षार्थी बाहिरिएपछि अर्को सिफ्ट सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।

काठमाडौं उपत्यकामा साउन ११ देखि साउन २० सम्म निषेधाज्ञा थप गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्