
बेलायतका केही मन्त्रीहरूले अपानवायु छोड्दा अर्थात् पाद्दा पनि कोरोनाभाइरस सर्ने भनी चिन्ता व्यक्त गरेका छन् ।
मिरर नामक पत्रिकामा छापिएको खबरअनुसार, मन्त्रीहरूले संक्रमित व्यक्तिको पादबाट कोरोना सर्नसक्ने प्रमाणहरूका तर्फ इशारा गरेका छन् ।
संक्रसिमत व्यक्तिको मलमा भाइरस उपस्थित रहन सक्ने अनुसन्धानले देखाएको छ । तर पाद्दा कोरोना संक्रमण हुने कुरा मेडिकल साइन्सले पुष्टि गरेको छैन ।
नाम नखुलाउने शर्तमा बेलायतका एक मन्त्रीले द टेलिग्राफ पत्रिकालाई बताएअनुसार, एक शौचालय कक्षमा दुई व्यक्तिबीच जिनोमिकल लिंक्ड ट्रेसिङ कनेक्सनका विषयमा अस्ट्रेलियामा प्रमाण फेला परेको भनाइ राखे । आफूले यो जानकारी विश्वसनीय किताबबाट लिएको उनले बताए ।
तर बेलायत सरकारका वैज्ञानिकहरूले यस विषयमा कुनै शोधपत्र तयार पारेका छैनन् ।
एक अर्का मन्त्रीले संक्रमण धेरैजसो मुख र मुख्य रूपमा नाकको माध्यमले भइरहेको छ भने । कोभिड श्वासप्रश्वाससम्बन्धी रोग भएकाले पाद पनि संक्रमणको वाहक हुने उनको भनाइ छ ।
तर अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा संक्रामक रोगहरूको राष्ट्रिय फाउन्डेसनका चिकित्सा निर्देशक डा विलियम शेफनरले पादबाट कोभिड संक्रमण हुने विषयमा अहिलेसम्म कुनै प्रमाण फेला नपरेको बताए । यो असम्भव कुरा हो, उनको भनाइ छ ।