सामाजिक सुरक्षा कोषसम्बन्धी रिटमा न्यायाधीशहरूको राय बाझियो, पूर्ण इजलासमा पेश हुने [आदेशसहित]

यथास्थितिमा समाजिक सुरक्षा कोषमा सहभागी नहुने भन्दै बैंकका कर्मचारीहरूका तर्फबाट सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशहरूको राय बाझिएपछि पूर्ण इजलासमा पेश हुने भएको छ ।


Advertisement

न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठको इजलासमा आइतवार भएको सुनुवाइमा न्यायाधीशद्वयको राय अलग–अलग भएपछि अन्तरिम आदेशको टुंगो पूर्ण इजलासले लगाउने भएको हो । 


Advertisement

न्यायाधीश केसीले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी हुने आदेश गरे पनि न्यायाधीश श्रेष्ठले त्यसमा असहमति जनाउँदै अलग राय पेश गरेका छन् ।

'माननीय न्यायाधीश श्री तेजबहादुर केसीबाट अन्तरिम आदेश जारी गर्ने गरी भएको उपरोक्तानुसारको आदेशसँग सहमत हुन नसकी आफ्नो यो बेग्लै राय व्यक्त गरेको छु,' न्यायाधीश श्रेष्ठले पेश गरेको रायमा भनिएको छ ।


Advertisement

बैंकका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा जाने कुरालाई ऐच्छिक गर्नुपर्ने, बाध्यकारी व्यवस्था गरिए पनि अवकाश वा पेन्सनमध्ये एक रोज्न पाउनुपर्ने लगायतका व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

सामाजिक सुरक्षा कोषले यथास्थितिमा सहभागिताका लागि दबाब दिएपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

हेर्नुहोस्, आदेश :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्