२२ जेठ २०८३, शुक्रबार

सुरक्षा समितिको बैठकमा कोरोना र साइबर क्राइम नियन्त्रणबारे छलफल

सुरक्षा समितिको बैठकमा कोरोना र साइबर क्राइम नियन्त्रणबारे छलफल

केन्द्रीय सुरक्षा समितिको बैठक आइतवार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको छ ।

बैठकमा कोभिडको तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेको र रोकथाम तथा नियन्त्रणका लागि काम गर्ने, जनताको स्वास्थ्य सम्बन्धी स्वास्थ्य सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने, बाढीपहिरो र डुबानमा परेका समुदायलाई राहत, उद्धार, नियन्त्रण, स्वास्थ्य तथा खाद्य सामग्री सहजीकरण गर्न हेली व्यवस्थापन गर्ने, साइबर क्राइम बढेको र व्यवस्थापन एवं नियन्त्रण गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका सहसचिव तथा कायममुकायम सचिव आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायत ७–८ जना उपस्थित रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्