रसुवा, २७ जेठ– गोसाइँकुण्ड सरोवरका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको छ । छ जना यात्रु बोकेको कल साइन ९ एन एलडी बी ३ ई को उक्त हेलिकप्टर अवतरणका क्रममा गोसाइँकुण्डको हेलिप्याडमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थल नजिक प्रहरी चौकी नभएकाले धुन्चेबाट थप बुझ्न प्रहरी टोली पठाइएको छ । जहाँ पुग्न कम्तीमा पनि एक दिन लाग्ने जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी फडिन्द्र प्रसाईँले जानकारी दिए ।
उनले स्थानीयले बिहान फोन गरेर आफूहरुलाई जानकारी गराएको समेत बताए । दुर्घटनाबाट हेलिकप्टरमा सामान्य क्षति भएको स्थानीयलाई उदृत गर्दै प्रसाईँले जानकारी दिए । यद्यपी यात्रु भने सकुशल रहेको उनले बताए । चालक प्रकाश सेढाईले उडाएका । हेलिकप्टरमा रहेको सबै नेपाली तीर्थालु हुन् ।
हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड जाँदै गरेको समेत उनले जानकारी दिए । गोसाईकुण्डको मौसम प्राय खराब रहने र मौसम खराबीकै कारण दुर्घटनामा परेको हुन सक्ने बताइएको छ ।