०८ साउन २०८३, शुक्रबार

लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार, प्रहरीलाई बोतल प्रहार

साउन १०, २०७८
लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार, प्रहरीलाई बोतल प्रहार

बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् ।

स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् ।

सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।  

salt training

कमेन्ट गर्नुहोस्