२२ जेठ २०८३, शुक्रबार

फुटबल प्रशिक्षकले वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा राजीनामा दिनु गलतः गणेश थापा

फुटबल प्रशिक्षकले वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा  राजीनामा दिनु गलतः गणेश थापा


अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय टोलीका प्रशिक्षक अल्मुताइरीले वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा राजीनामा दिनु गलत भएको टिप्पणी गरेका छन् । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफूले राजीनामा दिनुपरेको आइतबार बताएका थिए ।

तर  एन्फा वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अल्मुताइरीको बीचमा असमझदारी थियो भने आपसमा बसेर टुंग्याउनुपर्ने गणेश थापाको भनाइ छ

‘एन्फा वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अल्मुताइरीको बीचमा असमझदारी थियो भने आपसमा बसेर टुंग्याउनुपर्ने थिय’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रशिक्षकलाई वरिष्ठ उपाध्यक्षसँग समस्या भएको भए महासचिव र एन्फा अध्यक्षलाई जानकारी गर्नुपर्दथ्यो। वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा  राजीनामा दिन आवश्यक थिएन।’

थापाले  राजीनामा समस्याको समाधान नभएको बताउँदै भनेका छन्, ‘प्रशिक्षक अल्मुताइरीले  राष्ट्रिय टिममा सुधार गर्न खोजेको प्रयासलाई प्रशंसा गर्न पनि चाहन्छु। यस्तो गम्भीर विषय उठेको अवस्थामा समस्याको समाधान नगरी एन्फा अध्यक्ष पोखरा जानु गैरजिम्मेवारीपूर्ण कार्य हो।’

एन्फाबारे विवाद बाहिर आइसकेपछि सत्यतथ्य कुरा सम्पूर्ण खेल प्रेमीहरूले थाहा पाउनुपर्नेमा पनि थापाले जोड दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्