१९ असार २०८३, शुक्रबार

देशभर मनसुनी वायुको प्रभावः कस्तो रहनेछ आजको मौसम ?

देशभर मनसुनी वायुको प्रभावः कस्तो रहनेछ आजको मौसम ?

सोमबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली  रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ का एक वा दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्