०८ साउन २०८३, शुक्रबार

जसपा विवादको छिनोफानो आज, उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य रिसोर्टमा

जसपा विवादको छिनोफानो आज, उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य रिसोर्टमा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवादमा सोमबार निर्णय लिँदैछ । त्यसका लागि आयोगले जसपाका ५१ जनै कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ । आयोगले उनीहरुको ‘हेड काउन्ट’ को आधारमा आधिकारिकताको निर्णय गर्नेछ ।

यसअघि आधिकारिताको दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएका थिए भने त्यसमा महन्थ ठाकुरले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । यस विषयमा आयोगले इजलास गठन गरेर सुनुवाइ गरेपछि हेट काउन्टकै आधारमा निर्णय गर्ने तय गरेको थियो ।

जसअनुसार आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ ।

उसो त महन्थ ठाकुर पक्षको माग बमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पनि यादव बलियो अवस्थामा देखिएका हुन् ।  पछिल्लो समय उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समितिसँगै संसदीय दलमा बहुमत देखिएको छ ।

यसैबीच आइतबारदेखि नै अध्यक्ष यादवले आफूपक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखेका छन् । उनले गोदावरीस्थित एक रिसोर्टमा ३२ जनालाई प्रशिक्षणको नाममा राखेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्