
जसपा नेता मनिष सुमनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । सोमवार निर्वाचन आयोगमा गएर सुमनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका हुन् ।
‘मैले हिजो बैठकमा एकै कित्तामा हस्ताक्षर गरौं भनेको थिएँ, साथीहरू सहमत नभए पनि मैले उपेन्द्रको पक्षमा हस्ताक्षर गरेँ,’ मनिषले लोकान्तरसँग भने । उनी सद्भावना पार्टीदेखि राजपासँग रहदा राजेन्द्र महतोसँग थिए ।