२१ जेठ २०८३, बिहीबार

यो हाम्रै सरकार हो, छिट्टै सहभागी हुन्छौँ : उपेन्द्र यादव

यो हाम्रै सरकार हो, छिट्टै सहभागी हुन्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू छिट्टै सरकारमा सहभागी हुने बताएका छन् । 

निर्वाचन आयोग परिसरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारमा सहभागिताबारे अब ढिलो नगर्ने बताएका हुन् । 

‘हामी चाँडै सरकारमा जान्छौँ, यो हाम्रो सरकार हो,’ यादवले भने । पार्टी विवाद मिलेपछि सरकारमा सहभागी हुने भन्दै जसपा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको थिएन । 

जसपाका अर्का नेता महिन्द्र राय यादवले पनि पार्टी विवाद टुंगिनासाथ सरकारमा सहभागी हुने बताए । जसपा विवादको निरुपणका लागि निर्वाचन आयोगले आज दुवै पक्षलाई आयोगमा बोलाएको थियो । 

उपेन्द्र यादवको पक्षमा ५१ मध्ये ३४ जनाले हस्ताक्षर गरेको सो पक्षका एक नेताले जानकारी दिए । महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । 

निर्वाचन आयोगले भोलिसम्ममा जसपा विवाद टुंगाउने अपेक्षा गरिएको नेता यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्