२७ जेठ २०८३, बुधबार

सरकारबाट बाहिरिएपछि प्रचण्डले एमालेमाथि लगाए गम्भीर आरोप, ‘एमाले अवसरवादी पार्टी’

कात्तिक २०, २०७४
सरकारबाट बाहिरिएपछि प्रचण्डले  एमालेमाथि लगाए गम्भीर आरोप, ‘एमाले अवसरवादी पार्टी’

काठमाडौं, २७ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि गम्भीर आरोप लगएका छन् ।

शनिबार आफ्नो निजी निवास लाजिम्पाटमा अन्य पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले नेकपा एमाले अवसरवादी पार्टी भएको आरोप लगाए ।

माओवादी नेतृत्वले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको स्वीकार्यता बढाई त्यसलाई संस्थागत गर्ने कुरामा गम्भीर पहल कदमी लिएको भन्दै प्रचण्डले त्यसले जनतामा या आशा र विश्वासको संचार गराएको बताए ।

आफुले दोश्रो पटक सरकारको नेतृव्त गरेर वाहिरिँदै गर्दा केही मान्यता स्थापित गर्न दावी पनि प्रचण्डले गरे ।

प्रचण्डले पार्टीबाट भिन्न भएका नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह र मोहन बैद्य ‘किरण’ नेतृत्वको समुहलाई कुनै भ्रममा नपरी पार्टीमा एकत्रित हुन आव्हान समेत गरे ।

कार्यक्रममा विप्लव, बैद्य समुहका साथै राप्रपा र एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्