१७ असार २०८३, बुधबार

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

साउन १२, २०७८
असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

 सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् ।

‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा कोरोना नियन्त्रण गर्न सकिनेछ । हाल झन्डै ७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।

संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ ।

कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार तयारी थालिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बालबालिकाका लागि १ सय ८० भेन्टिलेटरसहितको २ सय ७५ आईसीयू बेड थप्ने कार्य अघि बढाइएको छ । यस्तै, सरकारी अस्पतालमा हाइ डिपेन्डेन्सि युनिट बेड संख्या २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले थप १ हजार ४ सय शøया हाइ डिपेन्डेन्सी युनिट थप्ने क्रममा रहेको जनाएको छ । भेन्टिलेटरको संख्या ९ सय पु¥याइएकोमा १ सय ८० थप गर्ने प्रक्रियामा रहेको छ ।

असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत कोभ्याक्समार्फत भदौको पहिलो साता जापानबाट एक्स्ट्राजेनेका खोप १६ लाख मात्रा र कोभ्याक्समार्फत नै भदौ अन्तिम साता ३ लाख ४८ हजार मात्रा आउनेछ । यस्तै, वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १६ लाख मात्रा साउनको अन्तिम साता प्राप्त हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खरिदअन्तर्गत भारतबाट १० लाख मात्रा कोभिसिल्ड र चीनबाट ६० लाख मात्रा भेरोसिल खोप प्राप्त हुनेछ । कोभिसिल्ड भदौ दोस्रो साता र भेरोसिल भदौ अन्तिम साता प्राप्त हुनेगरी तयारी थालिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुनसक्ने गरी प्रक्रिया अघि बढाइएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्