३१ जेठ २०८३, आइतबार

आज देशका कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

आज देशका कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

हाल मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।  यस्तै प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ।
यसैगरी मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्