पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
अमेरिका र चीनका शीर्ष अधिकारीहरूले सोमवारको बैठकमा दन्तबझान गरेका छन् ।
अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले चीनको थ्यानचिनमा चीनका परराष्ट्रमन्त्री वाङ यी र अन्य अधिकारीहरूसँग भेटघाट गरेको थियो ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले बैठक सीधासीधा र खुला भएको बतायो । त्यो भनेको कूटनीतिक भाषामा दन्तबझान गरेको हो ।
चीनले अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई अवमूल्यन गरिरहेकोले ऊ अन्तर्राष्ट्रिय विद्रोही भएको अमेरिकाको परराष्ट्र मन्त्रालयको कथन छ । चीनले सिन्ज्याङमा नरसंहार गरेको र कोरोनाभाइरस उत्पत्तिको विषयमा गरिने अन्तर्राष्ट्रिय अनुसन्धानलाई सहयोग नगरेको आरोप पनि उसले लगायो ।
बेइजिङले अमेरिकी अधिकारीहरूसँगको वार्ता गहिरो तथा सीधासीधा भएको बतायो । वाशिङटनले चीनका विषयमा अत्यन्तै खतरनाक नीति बनाएको र मानवअधिकारका विषयमा पाखण्ड अपनाएको आरोप लगाउँदै चीनले त्यसप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ ।
चिनियाँ अधिकारीहरूले अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप तत्काल बन्द गर्न, चीनको स्वार्थमा घात नगर्न, लक्ष्मणरेखा ननाघ्न तथा मूल्यमान्यताका नाममा भिडन्त नगराउन भनेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले बताए ।
यी दुवै देशले संसारको सबभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको व्यवस्थापनका साथै एकअर्कामाथि हावी हुन प्रयास गरिरहेका छन् । आउँदो अक्टोबर महिनामा हुने जी७ सम्मेलनमा चीनका राष्ट्रपति सी चिनपिङ र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच भेटघाट हुने सम्भावना छ । त्यसैको तयारीका लागि समेत चिनियाँ र अमेरिकी अधिकारीहरूको बैठक बसेको हो ।
हिजोको बैठकमा दुवै पक्षले कडा भाषा उपयोग गरेको भए पनि निरन्तर संवादमा रहने इच्छा पनि व्यक्त गरेका छन् ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...