
एमाले नेता गोकुल बाँस्कोटाले धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्ने बताएका छन् ।
‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौँ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनताको आमूल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेन्डा खुसुक्क घुसाइयो ।’
यो एजेन्डामा नेपालमा भन्दा विदेशमा धेरै गोष्ठीहरू भएको बताए । ‘नेपालमा भन्दा विदेशमा गोष्ठीहरूको बाढी आयो र हामी बगिरह्यौँ । धर्म ,संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ ।’
साेमवार विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको कुरा उठाएसँगै अहिले सो विषयमा बहस चर्किएको छ ।
संघीयतामा कुनै देश किन गए?हामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी हेरेनौ।जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नु पर्छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) July 27, 2021