×

NMB BANK
NIC ASIA

ओलम्पिकमा भाग लिइरहेको आरओसी के हो ?

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंले यस वर्षको ओलम्पिक खेल हेरिरहनुभएको छ भने पदक तालिकामा आरओसी पनि देख्नुभएको होला ।

Muktinath Bank

त्यो कुन देश होला भनी तपाईंलाई लागेको हुनुपर्छ । आरओसी भनको रसियन ओलम्पिक कमिटीको छोटकरी रूप हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसमा खेलाडीको प्रदर्शन राम्रो बनाउन सरकारी तहबाटै औषधि दिइएको विषयमा विवाद भएपछि रुसलाई ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ । त्यसैले टोक्यो ओलम्पिकमा रुसका खेलाडीहरूले भाग लिन पाएका छन् तर उनीहरू देशको झण्डामा नभई देशको ओलम्पिक कमिटीको झण्डा लिएर प्रतिस्पर्धा गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

आरओसीले रुस देशलाई प्रतिनिधित्व गरिरहेको छैन भन्ने विषयलाई स्पष्ट पार्न केही विशिष्ट नियमहरू बनाइएको छ । 

Vianet communication
Laxmi Bank

सन् २०१९ मा वर्ल्ड एन्टी–डोपिङ एजेन्सीले रुसलाई ओलम्पिक लगायत सबैथरी विश्व प्रतियोगिताबाट चार वर्षका लागि प्रतिबन्ध लगाएको थियो । खेलाडीलाई औषधि नखुवाउने अर्थात् डोपिङ नगर्ने नियमलाई रुसले तोडेको पाइएकाले यस्तो प्रतिबन्ध लगाइएको थियो । 

पोहोर साल खेलकुदको अन्तर्राष्ट्रिय अदालतले रुसको पुनरावेदनलाई सुनुवाइ गर्दै प्रतिबन्धलाई दुई वर्षका लागि घटाएको थियो । त्यो प्रतिबन्ध डिसेम्बर १६, २०२२ मा अन्त्य हुनेछ । त्यस समयसम्म रुसका खेलाडीहरूले आफ्नो देशको नाम, झण्डा र राष्ट्रगानका साथ ओलम्पिकमा सहभागी हुन पाउने छैनन् । 

प्रतिबन्धका कारण रुसका खेलाडीहरूले तटस्थ खेलाडीका रूपमा सहभागी हुन पाउनेछन् । अर्थात् प्राविधिक रूपमा उनीहरूले विशेष देशको प्रतिनिधित्व गर्न पाउने छैनन् । तर त्यसका लागि पनि उनीहरूले आफू डोपिङ विवादमा नपरेको प्रमाणित गर्नुपर्छ । 

टोक्यो ओलम्पिकमा ३०० भन्दा बढी खेलाडीहरू त्यसै गरिरहेका छन् । 

रुसी टोलीको लुगामा देशको सेतो, नीलो र रातो रंग समावेश गरिएको छ । अनि विगतका ओलम्पिकमा रुसलाई प्रतिनिधित्व गरेका खेलाडी पनि अहिले प्रतिस्पर्धा गरिरहेका छन् । 

तर रुसको झण्डाको साटो टीमको झण्डामा ओलम्पिकको मशाल छ र रुसका तीन रंगहरूले मशाल पोतिएको छ अनि त्यो मशाल पाँचवटा ओलम्पिक रिंगभन्दा माथि छ । आरओसीको कुनै खेलाडीले स्वर्ण पदक जितेमा रुसको राष्ट्रगानको साटो प्योत्र चाइकोव्स्कीको पियानो कोन्चेर्तो नम्बर १ बजाइन्छ । 

रुसीहरूले विगत एक शताब्दीमा विभिन्नथरी टोली नाममा खेलेका छन् । रुसी साम्राज्य, सोभियत संघ र एकीकृत टोलीका नाममा उनीहरूले विगतमा खेलेको इतिहास छ । 

सन् २०१६ को रियो ओलम्पिकमा १०० भन्दा बढी रुसी खेलाडीहरूलाई प्रतिबन्ध लगाइएको थियो । राज्यले नै डोपिङ गराएको भन्ने प्रतिवेदन प्रकाशन भएलगत्तै यस्तो प्रतिबन्धको घोषणा गरिएको थियो ।

अहिलेको प्रतिबन्धका कारण रुसले सन् २०२२ को फूटबल विश्वकप वा त्यही वर्ष आयोजना गरिने शीतकालीन ओलम्पिकमा पनि देशका रूपमा सहभागी हुन पाउने छैन । सन् २०२४ मा पेरिसमा आयोजना गरिने ओलम्पिकमा मात्र रुसको झण्डा र राष्ट्रगान देख्न सुन्न पाइनेछ ।

टोक्यो ओलम्पिकमा आरओसीले अहिलेसम्म पाँच स्वर्ण, सात रजत र तीन कास्य गरी १५ पदक जितेको छ र पदकतालिकामा चौथो स्थानमा छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x