२२ जेठ २०८३, शुक्रबार

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरू गरेको छ । 

सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौंमा उपलब्ध सांसदहरूले मंगलवारबाट छलफल सुरू गरेका हुन् । 

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरूबीच छलफल सुरू भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कलहरू प्राप्त भएका छन् । त्यसलाई अध्ययन गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरू गरिएको छ,’ उनले भने । 

ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ । ‘सरकारलाई समर्थन गरियो तर सहभागी हुँदैनौँ । अहिले पनि विपक्षमा बस्छौँ,’ उनले भने । 

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउँदै आएको छ । 

सोमवार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूमध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्