२१ जेठ २०८३, बिहीबार

चीनसँग निहुँ खोज्दै बेलायत, दक्षिण चीन सागरमा पठायो युद्धपोत

साउन १२, २०७८
चीनसँग निहुँ खोज्दै बेलायत, दक्षिण चीन सागरमा पठायो युद्धपोत

बेलायतले एचएमएस क्वीन एलिजाबेथ नामक विमानवाहक युद्धपोत र क्यारियर स्ट्राइक ग्रुप दक्षिण चीन सागर पठाएको छ । 

चीनले दक्षिण चीन सागरको सम्पूर्ण १३ लाख वर्गमाइल क्षेत्र आफ्नो सार्वभौम क्षेत्र भएको बताउँदै आएको छ । यस क्षेत्रमा विदेशी युद्धपोतहरूले तनाव बढाइरहेको दोष उसले लगाउने गरेको छ । 

अमेरिका, बेलायत र अस्ट्रेलियाले जलआवागामन स्वतन्त्रता कारवाही (फोनोप) नियमित रूपमा गर्ने गरेका छन् । सामुद्रिक क्षेत्रमा तटीय मुलुकहरूले पहुँचलाई अन्यायपूर्वक सीमित गराउन खोजेको वाशिङटनको दाबी छ र त्यसलाई रोक्न यो कारवाही गरिएको हो । 

अमेरिका र बेलायतले यसअघि पनि दक्षिण चीन सागरमा प्रवेश गरेर चीनलाई आक्रोशित तुल्याइरहेका छन् । 

चीनले दिएको चेतावनीलाई बेवास्ता गर्दै बेलायती जहाज उक्त सागरमा प्रवेश गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्