०१ असार २०८३, सोमबार

कफी मेकरमा लुकाएर सुन तस्करी, दुबईबाट आएका एक पक्राउ

कफी मेकरमा लुकाएर सुन तस्करी, दुबईबाट आएका एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना सुनसहित पक्राउ परेका छन् । 

दुबईबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई एक हजार १६५ ग्राम सुनसहित विमानस्थलको सुरक्षा प्रहरीले पक्राउ गरेको हो । 

सुरक्षा प्रहरीका अनुसार परियारले कफी मेकरमा सुन लुकाएर ल्याएका थिए । शंका लागेर कफी मेकर खोलेर जाँच गर्दा फलामे कप आकारको वस्तुको बीचमा सुन लुकाएर फल्स बटम बनाएर लुकाइछिपाइ ल्याएको विमानस्थल प्रहरीले जनाएको छ । 

आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय बुझाइएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्