
जनता समाजवादी पार्टी (जसपा) नेपाल कार्यकारिणी समितिको मंगलवारको बैठकले ३ निर्णय गरेको छ ।
निर्वाचन आयोगबाट अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि पहिलोपटक बसेको बैठकले विभिन्न ३ निर्णय गरेको हो ।
बैठकका निर्णयमा पहिलो– संसदीय दलले पारित गरी पठाएको संसदीय दलको विधान अनुमोदन, दोस्रो – नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ रहने ३ सदस्यीय निर्वाचन समिति गठन र तेस्रो – जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने रहेका छन् ।
बैठक भोलि बुधवार समेत जारी रहने केन्द्रीय कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।