३१ जेठ २०८३, आइतबार

पत्रकार मञ्चलाई ‘फूड अफ लभ’ प्रदान

पत्रकार मञ्चलाई ‘फूड अफ लभ’ प्रदान

बोधिसत्व विहार काठमाडौंले कोभिड–१९ संक्रमणका कारण परेको प्रभाव न्यूनीकरण गर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको छ । 

सोमवार सामामुखीस्थित लुनार सेकेन्डरी स्कूलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार मञ्चलाई विहारका अध्यक्ष हुवाइ गुयाङले ‘फूड अफ लभ’ हस्तान्तरण गरे । 

कार्यक्रममा विहारका अध्यक्ष गुयाङले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ संक्रमणबाट परेको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्ने पत्रकारका लागि मानवीय सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

उनले भने, ‘म बुद्धको अनुयायी भएकाले पनि विश्वभरि शान्तिको सन्देश प्रवाह गर्ने क्रममा नेपाली समुदायमा अहिलेको विषम परिस्थितिमा सहयोगी हातमार्फत जोडिन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।’ 

विहारबाट प्राप्त ‘फूड अफ लभ’ सोमवार नै नेपाल पत्रकार मञ्च आवद्ध पत्रकारलाई वितरण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्