राष्ट्रपति विद्यादेवी भण्डारीले दुई प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । उनले गण्डकी प्रदेशकी प्रमुख सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आजै राष्ट्रपतिले सरकारको सिफारिसमा दुई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पौडेल र यादवलाई पदमुक्त गर्दै राष्ट्रपतिले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।
