०५ साउन २०८३, मंगलबार

गणतन्त्र र धर्म निरपेक्षताबारे यस्तो छ सुवासचन्द्र नेम्वाङको प्रतिक्रिया

गणतन्त्र र धर्म निरपेक्षताबारे यस्तो छ सुवासचन्द्र नेम्वाङको प्रतिक्रिया

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता तथा समावेसिता लगायतका राजनीतिक उपलब्धीहरुको विषयमा अन्यथा सोच्ने बेला नभएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ नेता नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता लगायतका राजनीतिक परिवर्तनहरु संविधान सभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धी भएकोले यसबारे अन्यथा सोच्न नहुने बताएका हुन् ।  यद्यपी लोकतान्त्रिक मुलुक भएकाले छलफल जुनसुकै विषयमा हुनसक्ने उनको तर्क थियो ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता भनेको संविधानसभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धी भित्र पर्छ । यो मेरो व्यक्तिगत राय हो । अरु कसैलाई अरु राय लागेको हुनसक्छ । त्यसैले त यो लोकतन्त्र हो । अझै संविधानसभाले बनाएको संविधान अन्तर्गत स्थापित मूल्य र मान्यताहरु देशमा छन् । त्यसैले यो लोकतन्त्रमा त छलफल जुनसुकै विषयमा हुनसक्छ । तर मलाई लागेको के हो त भन्दा यी त हामीले ल्याएका राम्रा उपलब्धीहरु हुन् । ती उपलब्धीहरुको बारेमा अहिले अन्यथा सोच्ने बेला भइसकेको छैन कि भन्ने मलाई लाग्छ ।’

नेता नेम्वाङले नेकपा एमालेलाई एकताबद्ध बनाउन आफुहरु लागिरहेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्