०२ असार २०८३, मंगलबार

भाजपा बाहुनविरोधी पार्टी हो : सतीशचन्द्र मिश्र

साउन १३, २०७८
भाजपा बाहुनविरोधी पार्टी हो : सतीशचन्द्र मिश्र

भारतको बहुजन समाज पार्टी (बीएसपी) का राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य सतीशचन्द्र मिश्रले अयोध्या भ्रमणका विषयमा उत्तर प्रदेश सरकारले प्रश्न उठाएपछि भारतीय जनता पार्टीमाथि शाब्दिक आक्रमण गरेका छन् । 

‘बीएसपीले अयोध्यामा प्रबुद्ध वर्ग सम्मेलन आयोजना गर्दा भाजपाका मानिस आएर मलाई किन अयोध्या आएको, यो ठाउँ तिम्रो लागि हैन भने । यस्तो कुरा सुन्दा म आश्चर्यमा परें,’ उनले बताए । 

सन् २०२२ मा उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनअघि ब्राह्मण मतदाताहरूलाई फकाउने प्रयासलाई जारी राख्दै मिश्रले भाजपा ब्राह्मणविरोधी पार्टी भएको बताए । ब्राह्मण समुदायको कल्याणका लागि बीएसपी मात्र समर्थ रहेको उनले बताए ।

‘बीएसपीको प्रबुद्ध वर्ग सम्मेलनको भोलिपल्टै योगी आदित्यनाथले अयोध्या भ्रमण गरे । हाम्रो समूहबाट भाजपाले जोखिम अनुभव गर्छ भन्ने यसैबाट थाहा हुन्छ,’ मिश्रको भनाइ छ । आफूले अयोध्यामा विकासको एउटा काम पनि नदेखेको उनको भनाइ छ । 

राम मन्दिर निर्माणका लागि उठाएको पैसाको हिसाब सरकारले दिनुपर्ने मिश्रले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्