२१ असार २०८३, आइतबार

क्रियाशील सदस्यतासम्बन्धी छानबिन समितिको प्रतिवेदनमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

क्रियाशील सदस्यतासम्बन्धी छानबिन समितिको प्रतिवेदनमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

क्रियाशील सदस्यतासम्बन्धी छानबिन समितिको प्रतिवेदनमाथि छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक बूढानीलकण्ठमा शुरू भएको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक शुरू भएको हो । 

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले चार लाख ४३ हजार नयाँसहित ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावलीसहितको प्रतिवेदन बुझाएको थियो । 

क्रियाशील सदस्यता विवाद नटुंगिदा साउन १२ देखि शुरू हुने भनिएको वडातहको अधिवेशन प्रभावित बनेको थियो । वडा र गाउँ अधिवेशन प्रभावित भएपछि कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्