३० जेठ २०८३, शनिबार

जुम्लाका स्थानीय तहको १ अर्ब बजेट फ्रीज

साउन १३, २०७८
जुम्लाका स्थानीय तहको १ अर्ब बजेट फ्रीज
प्रतिकात्मक तस्वीर

जुम्लाका ४ वटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब १ अर्बभन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रीज गरिएको छ ।

जिल्लाका स्थानीय तहको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रीज जाने गरेको छ ।

आव २०७७/७८ मा जुम्लाका १ नगरपालिकासहित ७ गाउँपालिकामा खर्च हुन नसकेर १ अर्ब १३ करोड ५९ लाख २६ हजार रुपैयाँ बजेट फ्रीज भएको छ ।
     
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७७/७८ मा पुँजीगततर्फ विनियोजित कूल २ अर्ब ३१ करोड ३२ लाख ६० हजारमध्ये गत असार मसान्तसम्म १ अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात् ६३ दशमल ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ । 

पुँजीगततर्फको कूल विनियोजित बजेटमध्ये ८३ करोड ५९ लाख ३० हजार अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन नसकेर राज्य कोषमा फिर्ता भएको कोष नियन्त्रक लक्ष्मीदत्त चौलागाईंले बताए ।

उनले भने, ‘विगतका तुलनामा विकास बजेट धेरै फ्रीज भयो तर महामारीका बीच पनि बजेट खर्च राम्रै हो, विकास बजेट खर्च हुन नसकेर बजेट फिर्ता हुनु दुःखद पक्ष हो ।’

कार्यालयको तथ्यांकअनुसार असारमा मात्रै ६६ करोड ८६ लाख ५२ हजार ६०० पँुजीगततर्फ खर्च भएको छ । 

चालूतर्फ विनियोजित ५ अर्ब ३० करोड ८ लाख ४५ हजारमध्ये असारसम्म ४ अर्ब ७३ करोड ८४ लाख ९ हजार अर्थात् ९४ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फकै पनि २९ करोड ९९ लाख ९५ हजार अर्थात् विनियोजित बजेटको ६ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको नियन्त्रक चौलागाईंले बताए ।

चालू तर्फको ६५ करोड ६१ लाख ४ हजार असारमा मात्रै खर्च भएको छ । स्थानीय तह तथा विषयगत कार्यालयले खर्च गरेको विवरण उपलब्ध नगराएका कारण कुन तहको बजेट कति खर्च हुन सकेन भन्ने विवरण नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्