०४ असार २०८३, बिहीबार

पेस्तोल देखाएर सुनचाँदी पसल लुटपाट गर्न खोज्ने ५ जना पक्राउ

पेस्तोल देखाएर सुनचाँदी पसल लुटपाट गर्न खोज्ने ५ जना पक्राउ

मोरङको सुन्दरहरैंचास्थित एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्न खोज्ने ५ जनालाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका–१० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।

थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो । पक्राउ परेकाको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मशिन गन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्ड विभिन्न हतियारका गोली बरामद भएका प्रहरीले जनाएको छ ।

लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय वासिन्दालाई हतियार देखाएर समूह भागेको थियो ।  लुटपाट गर्न खोजिएको दृश्य सुनचाँदी पसलमा रहेको सीसीभीटी क्यामेरामा कैद भएको थियो ।

पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्