
बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस्तै कारोबार रकम १३ अर्ब २९ करोडमा सिमित भएको छ ।
यस दिन नेप्से परिसूचक १५.३० अंकले बढ्दै बजार ३०९४.९४ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ । परिसूचक ०.०२ अंकले बढ्दा बजार ५७४.३२ विन्दुमा पुगेको छ ।
बुधवार कुल २ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
मंगलवार कुल २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरमा कारोबार भएको थियो ।
यस दिन ४ समूहको सूचकमा गिरावट आएको छ । सूचक बढेकाहरूमध्ये होटल तथा पर्यटनतर्फ सबैभन्दा बढी ७.०९ प्रतिशतले बढेको छ ।
घटेका समूहहरूमध्ये बैंकिङ तर्फ सबैभन्दा ०.८७ प्रतिशतले घटेको छ ।
यस दिन ३ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
नारायणी विकास बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
यस दिन पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ५.०७ प्रतिशतले गिरावट आएको छ । जुन बुधवारको लागि सबैभन्दा धेरै हो ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३८ करोड ५३ लाख ६९ हजार ७५० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।