०४ साउन २०८३, सोमबार

२२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिन एमाले स्थायी कमिटीको बैठक बस्दै

२२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिन एमाले स्थायी कमिटीको बैठक बस्दै

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । 

बिहीवार या शुक्रवारका लागि बैठकको तयारी भएको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे बैठकमा छलफल हुने एमाले स्रोतले बतायो । 

साउन ४ गते एमालेले देउवालाई भोट दिएका २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका सांसदले जवाफ फर्काइसकेका छन् । ‘अब बस्ने बैठकले स्पष्टीकरण सम्बन्धमा निर्णय लिन्छ,’ एक स्थायी कमिटी सदस्यले भने । 

पार्टी एकताको लागि पहल गर्ने भन्दै यसअघि बसेका केन्द्रीय कमिटी बैठकमा यसबारे छलफल भएको थिएन । पार्टी एकताका लागि दोस्रो तहका नेताहरूबीच छलफल भए पनि कुनै सहमति भएको छैन । 

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा नेता कार्यकर्तासँग छलफल गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि ओली बुधवारदेखि नियमित पार्टी कार्यालयमा आउन थालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्