२३ असार २०८३, मंगलबार

राष्ट्रिय सभामा राष्ट्रिय सरोकार समितिको प्रतिवेदन पेश

साउन १३, २०७८
राष्ट्रिय सभामा राष्ट्रिय सरोकार समितिको प्रतिवेदन पेश
प्रतिकात्मक तस्वीर

राष्ट्रिय सभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

राष्ट्रिय सभाको बुधवारको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।

समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकारवाला विज्ञसँग छलफल गरेको थियो । कतिपय पूर्व निर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिए । १ वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए । 

राष्ट्रिय सभाको बुधवारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो । 

राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते अपराह्न १ः०० बजे बस्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्