२२ जेठ २०८३, शुक्रबार

पेट घटाउनुछ भने पिउन थाल्नुस् ज्वानोपानी

साउन १३, २०७८
पेट घटाउनुछ भने पिउन थाल्नुस् ज्वानोपानी

मोटोपनले व्यक्तित्व बिगार्ने मात्र नभई शरीरलाई रोगको घर पनि बनाइदिन्छ । पेट भ्यात्त हुँदा अनेकथरी रोग लाग्छ । 

गलत खानपान र अस्वस्थ जीवनशैलीले शरीरमा बोसो जम्छ । 

यहाँ हामी पेट घटाउनका लागि प्राकृतिक पेयपदार्थको कुरा गर्दैछौं । यो पिएपछि तीन महिनामै तपाईंको पेट घट्छ । 

एक गिलास पानीमा ज्वानो राखेर रातभरि छोडिदिनुस् । बिहान त्यस पानीलाई सानो आगोमा केही बेर पकाउनुस् । पानी आधा नहुन्जेल पकाइरहनुस् । पानी पाकेपछि जालीले छानेर गिलासमा राख्नुस् । 

यस्तो ज्वानोपानीमा एक चम्चा मह राखेर खाली पेट पिउनुस् । बिहान भात खानुभन्दा एक घन्टाअघि यसको सेवन गर्नुस् । नियमित यसको सेवन गर्दा तौल घटाउन सहायता पुग्छ । 

तर पानी पिएको भरमा पेट घट्दैन । त्यसका साथै दिनदिनै कम्तीमा ३० मिनेट व्यायाम र योग गर्नुस् । अनि सकेसम्म बढी शारीरिक गतिविधि गर्नुस् । 

स्वस्थ खानेकुरा खानुस् । तारेको, भुटेको, चिल्लो र मसला हालेको अनि मैदाबाट बनेको खानेकुरा नखानुस् । 

दिनमा कम्तीमा पनि १० गिलास पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै अंगले राम्ररी काम गर्छन् । 

एकैचोटिमा बेस्सरी खानुभन्दा अलि अलि गरी थोरै खानुस् । 

बिहानको खाना १० बजेअघि र रातिको खाना सात बजेअघि खाइसक्नुस् । 

रातमा कम्तीमा आठ घन्टा मज्जाले सुत्नुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्