२३ जेठ २०८३, शनिबार

कांग्रेस महाधिवेशनका लागि ३५ दिन बाँकी, कोरोनाको ग्राफ बढे भदौ १६ बाट पर सर्ने

कांग्रेस महाधिवेशनका लागि ३५ दिन बाँकी, कोरोनाको ग्राफ बढे भदौ १६ बाट पर सर्ने

१४ औं महाधिवेशनका लागि ३५ दिनको समय बाँकी रहँदा नेपाली कांग्रेसको महाधिवेशन सर्ने देखिएको छ । तर, सभापति शेरबहादुर देउवालगायत नेताहरूले तोकिएको मितिमै महाधिवेशन गर्ने बताएका छन् । 

साउन १२ गते हुनुपर्ने वडा अधिवेशन प्रभावित भएसँगै भदौ १६ को महाधिवेशन प्रभावित हुने संकेत देखिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमणको ग्राफ हेरेर महाधिवेशन केही पर सर्न सक्ने बताए । 

‘भदौ १६ गतेका लागि ३५ दिनको समय बाँकी छ, महाधिवेशनको तयारी र कोरोना संक्रमणको ग्राफ हेरेर जिम्मेवार पार्टीले आवश्यक निर्णय लिन सक्छ,’ बुधवार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता शर्माले भने, ‘महाधिवेशनको मिति केही पर सरे पनि केन्द्रीय समितिको कार्यकाल थपको निर्णय हुँदैन ।’

बुधवार बसेको बैठकले क्रियाशील सदस्यता विवाद सम्बन्धमा यसअघि गठित छानबिन समितिलाई भोलिसम्म विवाद मिलाउने समय दिएको छ । प्रवक्ता शर्माले क्रियाशील सदस्यताको विवाद यसअघि जस्तो नभएको दाबी गरे । 

यसअघिको महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रको विवाद देखिएकोमा यसपटक १५–१६ वटा निर्वाचन क्षेत्रको मात्र विवाद बाँकी रहेको उनले दाबी गरे । 

वडा, गाउँ नगर, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनका लागि ७ वटा तहको अधिवेशन गर्नुपर्ने भएकोले कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत देखिएको हो । 

बुधवारको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले तोकिएको समयमै महाधिवेशन हुने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्