०५ असार २०८३, शुक्रबार

अफगानिस्तानको अहिलेको अवस्थाका लागि अमेरिका जिम्मेवार : इमरान खान

साउन १३, २०७८
अफगानिस्तानको अहिलेको अवस्थाका लागि अमेरिका जिम्मेवार : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानको वर्तमान अवस्थाका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् । 

अफगानिस्तानमा अमेरिकाको सैन्य आक्रमणपछि गडबडी नै गडबडी फैलिएको उनले बताए । 

मंगलवार राति प्रसारण गरिएको अमेरिकी न्युज कार्यक्रम पीबीएस न्युजआवरमा इमरानले टिप्पणी गरेका हुन् । अमेरिकी सेना अफगानिस्तानबाट फर्किरहेको र तालिबानको पकड देशमा बढ्दै गएको बेलामा उनको टिप्पणी आएको हो । 

उनले अफगानिस्तानको समस्या समाधानमा अमेरिकाले बनाएको रणनीतिको पनि खुलेर आलोचना गरे । 

अफगानिस्तानको सैन्य समाधान सम्भव छैन भन्ने कुरा अहिले आएर बल्ल अमेरिकाले थाहा पाएको उनको भनाइ छ । तर दुर्भाग्यवश अमेरिका र नेटोले सम्झौता गर्ने शक्ति गुमाएको उनले बताए । 

आफ्ना १० हजार सैनिक अफगानिस्तानमा हुँदा सम्झौता गरेको भए हुने तर अब तालिबानसँग सम्झौता गर्न गाह्रो भएको उनको भनाइ छ । 

अफगानिस्तानमा राजनीतिक सम्झौता मात्र समाधानको बाटो भएको इमरान खानले बताए । तालिबान पनि सरकारको एक अंग बन्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्