भक्तपुर, २८ जेठ- भूमाफियाले भक्तपुरको हनुमन्ते खोलाको धारलाई रातारात परिवर्तन गराइएपछि मध्यपुर ठिमी र बालकोटका स्थानीयबीच झडप भएको छ । मध्यपुर ठिमी नगरपालिका–३ र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमानामा रहेको हनुमन्ते खोलाको धार शुक्रबार मध्यराति स्काभेटर र डोजर लगाएर परिवर्तन गराइएको स्थानीयवासीको भनाइ छ ।

प्रशासनको मिलेमतोमा भूमाफियाले अतिक्रमण गरी खोलाको धार नै परिवर्तन गरेको भन्दै स्थानीयले शनिबार बिहान अरनिको राजमार्गसमेत अवरुद्ध गरेका थिए । आन्दोलनमा उत्रिएका स्थानीवासीले नदीमा डोजर र स्काभेटर लगाएर भूमाफियाले प्लटिङको तयारी गरिरहेको भन्दै नाराबाजी गरे । शुक्रबार राति खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ, नयाँ पत्रिकामा खबर छ ।