०७ असार २०८३, आइतबार

‘सांसद पद जोगाइपाऊँ’

साउन १४, २०७८
‘सांसद पद जोगाइपाऊँ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निष्कासन गरिएका टोपबहादुर रायमाझीलगायतका नेताहरूले आफ्नो सांसद पद कायम राख्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।

नेताहरू रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । नेकपा एमालेमा लागेपछि माओवादीले ती चार जनालाई पार्टीको साधारण सदस्य नै नरहने गरी निष्कासन गरेको थियो ।

पार्टीबाट निष्कासन गरेपछि उनीहरूको सांसद पद स्वतः खारेज भएको थियो । उनीहरूले दायर गरेको रिट निवेदनमा आफूहरू एमाले पार्टीमा नगएको उल्लेख गर्दै आफ्नो सांसद पद कायम राख्न माग गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्