
मुलुकका अधिकांश क्षेत्रमा निरन्तर भइरहेको वर्षाले केही नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।
विभागले एक बुलेटिन जारी गर्दै कोशी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने बताएको हो ।
यस्तै नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा सामान्य घटबढ हुने विभागले जनाएको छ ।
विभागका अनुसार, कमलामा पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।
यस्तै कन्काई, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरूमा सामान्य घटबढ हुने तथा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।