१२ असार २०८३, शुक्रबार

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय अध्यापन गराइने

साउन १४, २०७८
त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय अध्यापन गराइने

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ ।

यसै शैक्षिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो ।

विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेस्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिए । २ वर्षे यो विषय पढ्नका लागि १ लाख ७३ हजार लाग्ने जनाइएको छ ।

विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको भन्दै संकाय डिन डा. कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपाल सरकारका विभिन्न निकायका साथै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनीकरण गर्ने योजना रहेको बताएका सामाजिक अभियान्ता भरत जंगमले ५ दशकपछि आफ्नो सपना साकार भएकामा खुशी व्यक्त गरे ।

भ्रष्टाचार विरुद्धको विषयमा पढाइ हुने विश्वमै  नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उनको जिकिर थियो ।

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा. शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्