
दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापत सात लाख रूपैँया प्रदान गरेको छ ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले मृतक हिमालयकी पत्नी ममिता गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरे ।
संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो ।
न्यूनतम एक हजार रुपैंया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको छ ।
ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए ।