
साताको अन्तिम कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक १५.११ अंकले घट्दै ३०७९.८३ विन्दुमा झरेको छ । बुधवार ऐतिहासिक उचाइ कायम गरेको शेयर बजारमा बिहीवार भने सामान्य करेक्सन भएको हो ।
यस्तै सेन्सेटिभ सूचक पनि ३.४७ अंकले घट्दै ५७०.८५ विन्दुमा झरेको छ ।
यस दिन कारोबार रकम पनि झण्डै ११ अर्बमा मात्रै सिमित छ ।
कुल २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरमा कारोबार भएको छ ।
यस दिन होटल तथा पर्यटन र विकास बैंकबाहेक अन्य सबै समूहको सूचकहरू ऋणात्मक छन् ।
बजार घट्दा पनि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सर्कित लेभल (९.९५ प्रतिशत) मा कारोबार भएको छ ।