२३ असार २०८३, मंगलबार

न्यायपालिकाको भ्रष्टाचार रोक्ने अध्ययन प्रतिवेदन प्रधानन्यायाधीशको हातमा

न्यायपालिकाको भ्रष्टाचार रोक्ने अध्ययन प्रतिवेदन प्रधानन्यायाधीशको हातमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत वर्ष साउन ३० गते गठन गरेको अध्ययन समितिले बिहीवार प्रतिवेदन बुझाएको छ ।

न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलाप रोक्न कानूनी, संरचनागत लगायतका उपयुक्त एवं प्रभावकारी उपायहरू पहिचान गर्ने र पहिचान गरिएका उपाय एवं सुझावहरूको कार्यान्वयनका लागि जिम्मेवारी सहितको कार्ययोजना प्रस्ताव गर्ने कार्यादेश समितिलाई दिइएको थियो ।

सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा नेपाल बार एशोसिएशन लगायत सरोकारवाला निकाय समेतको प्रतिनिधित्वमा गठित अध्ययन समितिले बिहीवार प्रतिवेदन बुझाएको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्